Logo
५ माघ २०८१, शनिबार
(December 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इण्डो प्यासिफिक रणनीति अन्तर्गत भए एमसीसी सम्झौता स्वीकार नगर्ने : प्रचण्ड

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इण्डो प्यासिफिक रणनीति अन्तर्गत भए अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्ड भने, ‘बाहिर हल्ला गरे जस्तो इण्डो प्यासिफिक ओरियन्टेड हो भन्ने भयो भने स्वीकार गर्दैनौं । शान्ति र विकासका लागि हो भने अगाडि बढाउन सकिन्छ ।’

यसबारे स्थायी कमिटीमा समेत छलफल भइरहेको उनले पार्टी सांसदहरुलाई जानकारी दिए । उनले यसबारे पार्टीले निर्णय गरेपछि संसदीय दलमार्फत जानकारी गराइने बताए ।

बिहीबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसीसीबारे प्रश्न उठाएका छन् । इण्डो प्यासिफिक रणनीतिको अंग भए एमसीसी स्वीकार्य नहुने र नभए पनि संसदमा विचाराधीन सम्झौतामा थुप्रै सुधार गर्नुपर्ने बताएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसीसी, इण्डो प्यासिफिकको अंग नभएको बताएका थिए । संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले उपचुनावको परिणाम झस्काउने खालको भएको बताए ।

धरान, भरतपुर र भक्तपुरको चुनावलाई उदाहरणका रुपमा प्रस्तुत गरेका उनले सचेत नभए प्रश्न उठ्नसक्ने बताएका छन् ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्