Logo
२ मंसिर २०८१, आईतबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण

तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । उनका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ । घरदैलौ कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ ।

सो स्वास्थ्य परीक्षणका लागि नगरपालिकाबाट प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट छुट्याएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापनसमेत गरिएको बताइएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा-एउटा स्वास्थ्यचौकी सञ्चालन गरिएको छ ।

आगामी दिनमा यस्ता खालका कार्मक्रमलाई निरन्तरता दिँदैँ महामारी दैवी प्रकोपजस्ता कार्यका लागि तत्काल सेवा प्रदान गर्न नगर आकस्मिक स्वास्थ्य कोष स्थापना गरी आवश्यकताका आधारमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्