Logo
२ मंसिर २०८१, आईतबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वादी समुदायको उत्थानका लागि सरकारले दीर्घकालीन योजना बनाउने

वादी समुदायको उत्थान र विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने महिला,बालबलिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताएका छन् ।

आज काठमाडौंमा वादी समुदायको पहिचान र अवस्था नामक पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन । मन्त्री गुरुङले पिछडिएको वादी समुदायको उत्थानका लागि सरकारले पहल गर्ने बताए ।

शैक्षिक रुपमा पिछडिएको वादी समुदायको विकास र राज्यका प्रत्येक निकायमा उनीहरुको पहुँच पुर्‍याउन आवश्यक रहेकोमा मन्त्री गुरुङले जोड दिए ।

नेपालका वादी समुदायको संवैधानिक र राजनीतिक अधिकारको रक्षाको लागि सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो । पुस्तकका लेखक केशव बिडारीले सुदूरपश्चिम र प्रदेश नं ५ का वादी समुदायको बाहुल्य रहेका १० जिल्लाको स्थलगत अध्ययन गरी पुस्तक तयार पारेको बताए ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्