मोटरसाइकल चोरीको घटना बढदैं, खवासको बाइक चोरी
एल एन गच्छदार/प्रदेश एक स्थित मोरङको बुढिगंगा गाउँपालिका ७ धरहराका शिव कुमार खवासको को ३७ प को ८७२४ नं. को रातो रङ्गको पल्सर २ सय सिसिको एनएअ मोटरसाइकल चोरी भएको छ। घरमै लक गरेर राखेको गाडी चोरी भएको हो। चारै तिर मोटरसाइकल चोरीको घटना बढी रहेको बेला राती १ बजे देखि बिहान ३:०० बजेको बिचमा चोरी हुन सक्ने आंशका परिवार स्रोतले जनाएको छ। खोजी कार्यको लागि स्थानीय प्रशासनमा समेत जानकारी दिएको जनाएको छ।
भर्खरै गत मागमा खरिद गरि ल्याएको मोटरसाइकल चोरी हुँदा खोजी गरि दिन समेत अनुरोध गरेको छ भने सो नम्बरको मोटरसाइकल कतै देखे वा भेटेमा ९८२७३४६४३० वा नजिकैको इलाका प्रहरी कार्यलयमा खबर गर्न समेत अनुरोध गरेका छन। आज राती पनि सोही ठाउँको कमलपुरमा एक मोटरसाइकल चोरी गरि लादै गर्दा स्थानीयले देखेपछि चोर मोटरसाइकल छोडी भागेका थिए ।
त्यसै गरि सोही ठाउँको आसपासमा रहेको करैबनामा एक बच्चालाई चोरको पंजाबाट आमाले बचाएकी थिइन भने चोर भाग्न सफल भएको थियो। यस्ता घटना दोहोरिनुले स्थानीय प्रशासनको फितलो प्रयासका कारण चोरिको घटना बढीरहेको स्थानीयले आरोप लगाएका छन।
त्यसै गरि १० दिन अगाडि मात्र सुनसरीको दुहबीकाे मुख्य बजारबाट दिन दहाडै हरिनगर गाउँपालिका वडा नं. १ भुटाहाका डाक्टर मनोज ठाकुरको माेटरसाईकल चाेरी भएको थियो। केही महिना अगाडि दुहबी नगपालिका ३ का वडाअध्यक्षकाे आफ्नै घरमा राखेको को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकल समेत चोरी भएको थियोे । सुरक्षा ब्यबस्था फितलो भएको भन्दै स्थानीय ब्यापारीहरुले गुनासो गरेका थिए।