उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुग्योः तराइमा हुस्सु र कुहिरो
काठमाडौंमा वर्षकै चिसो भएको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा आज बिहान ३.७ मापन भएको छ । उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको हो ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । तापक्रम अझै घट्ने अनुमान छ ।तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।
साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको छ ।मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तराईका जिल्लामा हुने हवाई उडान प्रभावित भएको छ ।