Logo
२ मंसिर २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूरोपमा रिट्ठाको लोकप्रियता बढ्यो, प्रतिकेजी ५ देखि १२ युरोसम्म

यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्छ । यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ ।

शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ ओटा देशमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ । भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ ।

उक्त परिस्थितीमा ‘हिमालयन रिट्ठा ब्रान्डमा नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अंगीकार गरेमा अन्तर्रा्ष्ट्रिय बजारमा विशेष स्थान पाउन सकिनेछ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्