सार्वजनिक बसभित्र चुम्बन गर्न नमान्दा किशोरद्वारा दुई युवतीमाथि दुर्व्यवहार
बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् ।
गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।
नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा दुर्व्यवहार गरेको अभियोथ अस्वीकार गर्दै आएका थिए । तर अन्ततः तिनीहरुले बेलायत हास्वरी कर्नर युवा अदालतसमक्ष कानुन तोडेको तथ्य स्वीकारेका छन् ।
यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।