Logo
२ मंसिर २०८१, आईतबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवका दुई नेता-कार्यकर्ताले कारागारबाटै गरे पार्टी परित्यागको घोषणा

उदयपुर : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना नेता–कार्यकर्ताले कारागारबाटै पार्टी परित्यागको घोषणा गरेका छन्।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीका जिल्ला सदस्य निर्मल रेग्मी र संगठित सदस्य पूर्ण बहादुर तामाङले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरु दुवै हाल जिल्ला कारागार उदयपुरमा छन्।

उनीहरुले अबदेखि विप्लव नेतृत्वको पार्टीका कुनै पनि कमिटी तथा गतिविधिमा संलग्न नरहने भन्दै विज्ञप्तिसमेत जारी गरेका छन्। सरकारले प्रतिबन्धित पार्टीमाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्