भ्रमण वर्षलाई सघाउ पुर्याउदै इटहरीमा ‘एनसेल मेला २०७६’
इटहरी: एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् ।
दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीबाट मनोरञ्जन लिएका थिए ।
आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप एनसेलले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ यो मेला आयोजना गरेको हो ।
विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा बिहान ११ बजे शुरु भई गीतसंगीत सहित साँझसम्म चलेको थियो । मेलामा आन्तरिक पर्यटन प्रवर्धनका गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्धन गरिएको थियो ।
चर्चित गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप उर्जा थपेको थियो ।
इटहरीमा एनसेल मेलाको अवसर पारी एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेताहरुलाई पुरस्कार स्वरुप बाइक पनि हस्तान्तरण गरेको छ । यस योजनाको प्लाटिनम समुह अन्तर्गत प्यासेफिक मार्के्टिङ र फ्रेन्डस् कम्युनिकेशनले १-१ थान बाइक जित्न सफल भएका छन् ।
मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीहरु, गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअल जोन केही विषेश आकर्षणहरु थिए ।
बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु रहेका थिए ।थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरु भरपुर मनोरञ्जन लिईरहेका देखिन्थे ।
मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने , कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।