दुहबीका आगलागी पिडतलाइ तत्कालै राहत बितरण
प्रदेश एक स्थित सुनसरीको दुहबी वडा नम्बर २ स्थितमा बिहीवार साँझ र ४ स्थित मुसहरी टोलमा शुक्रबार राती भएको आगलागी पिडतलाइ तत्कालै दुहबी नगरपालिकाले राहत बितरण गरेको छ ।
दुहबी वडा नम्बर २ का दुर्गालाल साह र ४ का डुगुणी चौधरी र सुरेस चौधरीको घरमा करिब ११ बजेको समयमा आगलागी भएको थियो । नगर प्रमुख बेदनारायण गच्छदारले तत्कालै खाद्यान्न सामाग्री,कम्बल लगायतका राहत सामाग्री लिएर पुगेका हुँन । राहत बितरणमा दुहबी २ का वडाध्यक्ष अरबिन्द बिश्वास र दुहबी ४ का वडा सदस्य शंकर बस्नेत समेतको उपस्थिति रहेको थियो ।समयमै बारुण यन्त्र र प्रहरी पुगेकोले नजीकका अन्य घरहरु क्षती हुन पाएको थिए।