मोरङमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गर्दै सम्पन्न
शिव भट्टराई/”समानताको पुस्ता,बलात्कार बिरुद्धको एक्यवद्धता” भन्ने मूल नाराका साथ मोरङको सुन्दर हरैचामा २८ औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान मंगलबार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।ओरेक नेपाल नगर सञ्जाल,माइती नेपाल नगर सञ्जाल,नारी विकास संघ, परोपकार महिला समुह , अपाङ्गता महिला समुह लगायत अन्य संघ संस्थाहरुको सहकार्य साथै सुन्दर हरैचा नगरपालिकाको आयोजनामा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान गरिएको हो । अभियान अन्र्तगत सुन्दर हरैचा नगरपालिका देखि निकालिएको महिला हिंसा बिरुद्धको र्यालीले बजार परिक्रमा गरि पुन नगरपालिकामै आएर टुङ्याईएको थियो । र्यालीमा सरकारी निकायका पदाधिकारी,राजनीतिक दल तथा जनप्रतिनिधिहरु,सामाजिक संघ संस्थाका प्रतिनिधि र स्थानियहरुको ठुलो उपस्थिति रहेको थियो । र्याली पछि नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रममा महिला हिंसा र कार्यक्रमको औचित्यबारे सुन्दर हरैचा नगरपालिका का प्रमुख शिव प्रसाद ढकाल साथै उपप्रमुख धन माया तामाङले प्रकास पारेका थिए भने सोही अवसरमा महिला हिंसा विरुद्धको जनचेतनामुलक नाटक पनि प्रर्दशनी गरिएको थियो।