प्रेममा धोका पाएपछि प्रेमिकाले काटिन् प्रेमीको लिङ्ग
काठमाडौं : काठमाडौंको बौद्धमा एउटा अनौठो घटना घटना भएको छ ।
महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया थिङ थरकी युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् ।
घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका व्यक्ति सख्त घाइते भएका छन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् ।बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ ।
‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’ युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।