Logo
२ मंसिर २०८१, आईतबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालको नेफ्रो वार्ड आजबाट नयाँ भवनमा सञ्चालन

काठमाडौं : वीर अस्पतालको नेफ्रोलोजी (मिर्गौला सम्बन्धी) वार्ड आजबाट नयाँ भवनमा सञ्चालन भएको छ । जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाईका)ले निर्माण सम्पन्न गरी जेठमा नै सरकारलाई हस्तान्तरण गरेको भवनमा आजबाट २० शैयको नेफ्रो वार्ड सुरु गरिएको अस्पतालले जनाएको छ।

९४ शैयको उक्त भवनमा नेफ्रोसहित २०र२० शैयको कार्डियोलोजी र ग्यास्ट्रोलोजी वार्ड रहनेछन्। यस्तै, सीसीयू १० शैय र बाँकी २४ शैयमा हेमोडायलासिस सेवा सञ्चालन गरिने अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी दिए। जाइकाले गत जेठमा नै थापाथलीको परोपकार प्रसुति गृह र वीर अस्पतालको निर्माण सम्पन्न गरी स्वास्थ्य तथा जनसंख्यामन्त्रीमार्फत अस्पताललाई हस्तान्तरण गरेको थियो।

परोपकार प्रसूति गृह, थापाथलीले त्यतिबेलै नयाँ भवनबाट सेवा सञ्चालन गरेको थियो। तर, वीर अस्पतालमा जनशक्ति र उपकरणको अभावमा सेवा सञ्चालनमा आएको थिएन। अहिले पनि सबै सेवा सञ्चालन गर्न जनशक्ति र उपकरणको अभाव देखिएको निर्देशक केदार सेन्चुरीले बताए।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्