न्यूजील्याण्डमा ज्वालामुखी विस्फोट, सयौं मानिस फसेको आशंका
एजेन्सी : न्यूजील्याण्डमा एक ज्वालामुखी फुट्दा कम्तिमा सयौं मानिस फसेको आशंका गरिएको छ । ज्वालामुखी ह्वाइट आइल्याण्डमा विस्फोट भएको हो ।
न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले यो अवस्थाको जानकारी दिँदै कति मानिस यसमा परे भन्ने बारेमा जानकारी नभएको बताएकी छन् ।
स्थानीय मेयरका अनुसार यो विस्फोटमा कैयौं मानिस घाइते भएका छन् । ह्वाइट आइल्याण्ड न्यूजील्याण्डको उत्तरी क्षेत्रमा अवस्थित आइल्याण्ड हो जहाँ देशकै सक्रिय ज्वालामुखी रहेको छ ।
My god, White Island volcano in New Zealand erupted today for first time since 2001. My family and I had gotten off it 20 minutes before, were waiting at our boat about to leave when we saw it. Boat ride home tending to people our boat rescued was indescribable. #whiteisland pic.twitter.com/QJwWi12Tvt
— Michael Schade (@sch) December 9, 2019