Logo
१८ पुस २०८१, बिहीबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरीमा वृहद रक्तदान कार्यक्रम,५७ प्रिन्ट रगत संकलन

शिव भट्टराई,प्रदेश एक स्थित सुनसरीको इटहरी पञ्चकोशि हेल्थ सेन्टर अगाडि बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।एकता युवा क्लब अफ इटहरी साथै लायन्स क्लब अफ इटहरीको संयुक्त आयोजनामा तथा धरान घोपा क्यामको प्रावििधिक सहयाेगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । विहान ७ बजे देखि सुरू भएकाे रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश सभासद लिलम बस्नेत रहेका थिए भने विभिन्न संघ-संस्थाका तथा क्लवका प्रतििनिधि, समाजसेवी, बुद्धिजिवि तथा स्थानिय युवाहरुले रक्तदान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले रक्तदान गर्न डराउनु पर्दैन, थाेरै रगत दिँदैमा यसले स्वास्थ्यमा कुनै हानी गर्दैन बरू त्याे रगतले कसैकाे अमुल्य जीवन जाेगाउन सहयाेग पुग्छ तसर्थ रक्तदान गर्न सँधै सबै अग्रसर हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा एकता युवा क्लब अफ इटहरीका अध्यक्ष विष्णु खड्का लायन्स क्लब अफ इटहरीकी अध्यक्ष रञ्जु सिग्देलको अध्यक्ष्यता रहेको थियो।

रगत चाहिएको बेलामा उपलब्ध हुन नसक्दाको पिडा त बिरामी र कुरुवालाई छदैछ । चाहिएकाे बेला बल्ड बैंकमै रगत अभाव हुने गरेकाेले थाेरै रगत अभावकै कारण कसैले अकालमा ज्यान गुमाउन नपराेस भनेर आफ्नो संस्थाबाट खुल्ला बृहत रक्तदान कार्यक्रमको आयोजना गरेकाे बताएका थिए।आईतबार भएको रक्तदान कार्यक्रम भने लायन्स क्लब अफ इटहरीका सचिव सोम गौतमले सञ्चालन गरेका थिए।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्