Logo
११ मंसिर २०८१, मंगलबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भट्टराई बन्धुहरुको कुलापुजाको तयारी अन्तिम चरणमा

एउटै परिवार भित्र पनि टाढा हुने अबस्थाबाट जोगाउन तथा परम पुर्खाले गर्दै आएको सामाजिक , सास्कृतिक, घार्मिक कार्य, कुलपुजा, गोठ्पुजा लगायत विभिन्न रितिरिवाज, भाषा संस्कृतिको संरक्षण गरि समाज लाई सकारात्मक बिकासमा योगदान पुर्याउने उद्देश्यका साथ मोरङको सुन्दर हरैचा वार्ड नं ७ स्थित गोठगाउँमा स्थापना भएको भट्टराई कुल विकास प्रतिस्ठानमा यसपाली हुन गइरहेको कुलपुजा देवालीको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रस्तिठान को आफ्नै कुल पुजा गर्ने मन्डब र एक तले भबन रहेको र करिब दुई हजार जना अट्ने क्षमता भएको पाटी प्यालेस निर्माण सम्पन्न हुन लागेको र यस क्षेत्र लाई धार्मिक पर्यटकिय क्षेत्र मा बिकास गर्ने योजना रहेको त्यसैगरी यही मंसिर २५ गते बुधबार ३/३ बर्षमा गरिँदै आएको कुल पुजा देवालीका लागि भक्तजनहरूको पूजा गर्ने व्यवस्था मिलाउन आफू लागि परिरहेको प्रतिस्ठानका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिनु भयो।

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्