महिनावारी गडबडी भएकादेखि डिप्रेसनमापरेकासम्मका लागि तुलसी अचुक औषधि
हिन्दु धर्मावलम्बीहरुको प्राय: घरमा तुलसीको मठ हुन्छ ।
तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । यसको पूजा पनि गरिन्छ ।
धार्मिक काममा प्रयोग हुने तुलसी मानव स्वास्थ्यका लागि लाभकारी हुन्छ ।
तुलसीमा औषधिको गुण हुन्छ । दिनहुँ तुलसीको पात सेवन गरेमा केही बिरामीबाट बच्न सकिन्छ ।
तुलसीका फाइदाहरु :
तुलसी सेवनले निमोनिया लाग्नबाट बचाउँछ । यदि तपाईलाई चिसो लागेको छ भने पनि कफ निकाल्न सहयोग गर्छ । यसले छातीको दुखाई पनि कम गराउँछ ।
तुलसीको सेवनले ज्वरोको समस्या देखा पर्दैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिएमा त्यसले निकै फाइदा गर्छ ।
मुटु रोग भएका मानिसहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु उत्तम मानिन्छ । घाउ खटिरा आउँदा पनि तुलसीले राम्रो काम गर्छ । घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा चाँडै निको हुन्छ ।
यसले मुखको दुर्गन्ध हटाउन सहयोग गर्छ । नियमित रुपमा बिहान तुलसीको पात खाएमा मुखको दुर्गन्ध हटाउँछ । यसको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मदत गर्छ ।
यसका लागि तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर पिउनुपर्छ ।
बहुगुणी वनस्पती :
तुलसी बहुगुणी वनस्पती हो । त्यही कारण हाम्रा पूर्खाहरुले यसलाई उच्च महत्व दिँदै आए र संरक्षण गर्नुपर्ने बताउँदै आए । धेरैजसोले तुलसीको औषधीय गुणलाई बुझेर नै घर अघिल्तिर आँगनमा तुलसी रोप्दै आए ।
तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।
अब कुरा गरौं दूधको । दूध पनि बहुगुणी पेय हो । यो जति स्वादिलो हुन्छ, उत्तिनै गुणकारी पनि । यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गरिए के होला ?
कतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ । तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक हुनसक्छ । विषाक्त हुनसक्छ । ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अरु बढ्छ । जस्तो दूध र तुलसी ।
तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन् । यदि नियमित रुपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ ।
त्यसो त अहिले धेरैजसो मान्छे कुनै न कुनै रोगले सताइएका छन् । कोही मधुमेहले ग्रस्त छन् त कोही हृदय रोगले । यसैगरी कोही क्यान्सरले ग्रस्त छन् ।
यीमध्ये धेरैजसो रोग हाम्रो खराब खानपान र जीवनशैलीले निम्त्याएको हो । अतः सही खानपान, सन्तुलित दिनचर्या अपनाउने हो भने हामी सम्भावित रोगबाट बच्न सक्छौं । यस्ता सम्भावित रोगबाट बच्नका लागि तुलसीको पात निकै उपयोगी हुन्छ ।
दम रोगमा फाइदा
यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।
माइग्रेनमा राहत
दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।
तनाव वा डिप्रेसनमा
यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।
हृदय रोगमा
दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।
पत्थरीको समस्यामा
यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।
रोग प्रतिरोधात्मक क्षमता
तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।
कसरी सेवन गर्ने ?
यसलाई औषधी बनाउनका लागि तपाईंले डेढ गिलास दूध उमाल्नुपर्छ । जब दूध उम्लन सुरु गर्छ त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । अब एक गिलास दूध भएपछि त्यसलाई सेलाउन दिनुपर्छ । मन तातो भएपछि पिउन सकिन्छ ।
महिलाहरु महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो । महिनावारी हुँदा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ ।
तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिदाँ धेरै महिलाहरु महिनावारीसम्बन्धी समस्याबाट ग्रस्त भएका छन् ।
महिनावारीको समयमा धेरै दुखाई, रक्तश्राव, तनाव, चिडचिडापन महिनावारीमा सामान्य मानिएपनि अनियमित महिनावारी भने ठूलै समस्या हुनसक्ने डाक्टरहरु बताउँछन् ।
महिनावारी २१ देखि ३५ दिनभन्दा अगाडि वा पछाडि हुनुलाई अनियमित महिनावारी भनिन्छ । छिटो छिटो महिनावारी हुनु र धेरै ढिलो महिनावारी हुँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् ।
महिलाहरु महिनावारी अनियमित भएको समयमा विभिन्न प्रकारका औषधिहरुको सेवन गरिरहेका हुन्छन् जुन महिला स्वास्थ्यको लागि घातक सावित हुन सक्छ ।
किन महिनावारी समयमा हुन जरुरी छ ?
अनियमित महिनावारी महिलाका साझा समस्या बन्दै गएको छ । महिनावारी भएको २१ दिनपछि ३५ दिनसम्म महिनावारी नहुनु र त्यही समस्या बारबार दोहोरिरहनुले महिलाको स्वास्थ्यमा गम्भीर समस्या भएको हुनसक्छ । त्यसैले यस्तो अवस्थामा डाक्टरको सल्लाह लिन अत्यन्तै जरुरी छ ।
कारण
थाइराइड, पेल्विक तथा पीसीओडी जस्ता रोगका कारण महिनावारी अनियमित हुनसक्छ । साथै तौल बढ्दा वा घट्दा, तनाव, गलत डाइट, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ ।
लक्षण
भोक नलाग्ने, युट्रसमा पीडा, पेट, हात र कम्मर दुखाई, अत्याधिक थकाई, कब्जियत र पखाला लाग्ने जस्ता लक्षण देखा परेमा महिनावारीमा समस्या भएको हुनसक्छ । साथै युट्रसमा र रगतको दाग देखिनु पनि एउटा लक्षण हो ।
तुलसी
अनियमित महिनावारीको एकमात्र अचुक उपाय तुलसी हो । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ । यसमा प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ जसले एन्टी–इन्फ्लामेटरी र एन्टी-माइक्रोबियल गुण पाइन्छ ।
कसरी प्रयोग गर्ने र ?
तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ । यसको लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउँनुपर्छ ।
यसले तपाईंको अनियमित महिनावारीको समस्याको समाधान गर्न मद्दत गर्छ । यसका साथै तुलसीको चिया, यसको पानी वा यसको पात खादाँ राम्रो गर्छ ।
सावधान: यदि तपाईं गर्भवती वा मधुमेहको बिरामी हुनुहुन्छ वा एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहनुभएको छ भने तुलसीको प्रयोग नगर्नुहोस् किनकी तुलसी शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिका लागि खतरनाहक हुनसक्छ । साथै कलेजो खराब हुनपनि सक्छ ।