Logo
२८ पुस २०८१, आईतबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि स्वयंसेविकालाई तालीम

हिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’ बारे अभिमुखीकरण तालीम दिइएको छ ।

कर्णाली प्रदेश स्थित दैलेख जिल्लाको नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरूको सहभागिता रहेको छ ।

फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ ।

सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ ।

सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुनसक्छ । मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ ।

यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।

महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिए ।

उनले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ र त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताए ।

फिस्टुला रोग के हो ? 

फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ।

लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।

फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्‍यो भने यस्तो समस्या आउँछ।”

समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्।

फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि-दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक-मानसिक समस्या भोग्नुपर्छ।

यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्‍याएको छ। यो गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ ।

कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न–भिन्न प्रकार वा प्रकृतिको हुन्छ ।

रोगको लक्षण : 

  • दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
  • पिपजस्तो तरल पदार्थ आउने ।
  • बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
  • दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।

उपचार : 
यस प्रकारको रोगमा आयुर्वेदिक क्षार सूत्र उपचार सफल र उत्तम उपचार पद्धति हो । यसमा विभिन्न जडिबुटीको मि श्रणबाट बनाईको औषधियुक्त सूत्र (धागो) लाई फिस्टुला (भगन्दर) मा राखी सो सूत्रले विस्तारै घाउलाई काट्दै, भर्दै जान्छ ।

उपचारको क्रममा हरेक हप्तामा एक या दुईपटक सूत्र फेरिरहनुपर्छ । यसबाट फिस्टुलाको लाक्षणिक उपचार मात्र नभई जरैदेखि रोग उन्मूलन हुने हुँदा एकपटक गरेपछि फेरि बल्झिँदैन ।

यस उपचारका क्रममा आफूले नित्य गरिरहने कार्य गर्नमा कुनै कठिनाइ हुँदैन, केवल सूत्र परिवर्तन गरेको दिनमा अलिकति पोल्ने र दुख्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सकिन्छ ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्