Logo
९ मंसिर २०८१, आईतबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपालमै सवारीसाधन बन्ने, रुपन्देहीमा ‘एसेम्बल प्लान्ट’ सञ्चालन हुँदै

पूर्वाधारको उचित व्यवस्था नहुँदा चर्को भन्सार तिरेर सवारीसाधन भित्र्याउनुपर्ने समस्यालाई सामाधान गर्दै सुन्दर यातायात प्रालिले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । त्यसो त पछिल्लो समय नेपालमा स्वदेशी र विदेशी कम्पनीले गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न निकै चासो समेत दिन थालेका छन् ।

नेपालमा विद्युतीय सवारी साधनको एसेम्वल प्लान्ट स्थापना गर्नका लागि सुन्दर यातायात प्रालीले रुपन्देहीमा प्लान्ट स्थापनाको काम शुरु गरेको छ ।

चीनको सिचुवान गुहाङ अटोमोवाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्न लागिएको हो ।

विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दैगएपछि चीनको सेचुवान गुहाङ अटोमोबाइल्स् कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेपालमा विद्युतीय एसेम्बल प्लान्ट स्थापना गर्न कतिको सम्भव छ भनि अध्ययन गर्नका लागि चिनियाँ टोली यही मंसिर १० गते काठमाडौं आएको थियो ।

नेपाल र चीनको टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र अर्थ मन्त्रालयसँग छलफल गरी सहमतिका साथ काम अघि बढाएको सुन्दर यातायात कम्पनीका सञ्चालक भेषबहादुर थापाले खबरहबलाई जानकारी दिए ।

प्रदेश नम्बर ५ स्थित रुपन्देही सीमा क्षेत्रबाट सेन्टर समेत पर्ने भएकाले सोही स्थानमा प्लान्ट खोल्न लागेको थापाले बताए । ५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीको को उपस्थितमा प्लान्ट निर्माणको उद्घाटन तयारी रहेको छ ।

प्लान्टका लागि रुपन्देहीको मोतीपुर र तिरोतमा दुई स्थान प्रस्तावित भएका छन् । उनका अनुसार प्रदेश सरकारले प्रस्तावित एक ठाउँको नाम दिएसँगै कम्पनीले प्लान्ट स्थापनाका लागि कार्यालय निर्माण गर्ने भएको छ ।

थापाकाअनुसार प्लान्ट निर्माणका लागि १२ विघा क्षेत्रफल चाहिने छ । पछिल्लो समय विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला कम्पनीले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधन एसेम्बल गर्न प्लान्ट निर्माण सुरुवात गर्न लागेको हो ।

‘प्लान्ट स्थापना गरेपछि कम्पनीले पार्टपुर्जा आयत गरी नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्नेछ’ खबरहबसँगको कुराकानीमा उनले भने ‘यसले विद्युतीय सवारीसाधन उत्पादन र सञ्चालनमा समेत टेवा पुग्नेछ ।’

हाल काठमाडौंमा सुन्दरका ४ वटा बस सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्