Logo
२ मंसिर २०८१, आईतबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकाको ८ नम्वर वडा कार्यालय भबनको शिलान्यास

प्रेम गिरी/
एक नम्बर स्थित सुनसरीको दुहबी नगरपालिकाको ८ नम्वर वडा कार्यालय भबन निर्माण हुने भएको छ । वुधवार एक कार्यक्रमकाविच वडा कार्यालय भबनको शिलान्यास भएको छ । निर्माण हुन लागेको भबनको एक समारोहका बीच नगर कार्यपालिकाका प्रमुख दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शिलान्यास गर्नु भएको छ । भाडाको घरमा बस्दै आएको आठ नम्बर वडा कार्यालयको भबन निर्माण हुन लागेको हो । भबन आधुनिक नक्सामा निर्माण हुन लागेको दुहबी नगरपालिकाका इन्जीनियर रामकुमार यादवले जानकारी दिनु भएको छ ।

भबनको लागत ७७ लाख २० हजार लाग्ने अनुमानित बजेट तयार गरिएको छ । यस आर्थीक बर्षमा वडा कार्यालयको भबन निर्माण लागि नगर कार्यपालिकाले यस आर्थीक बर्षमा बजेट बिनियोजन गरेको जनाएको छ । २०७६ साल असार १८ गते हरीना निर्माण सेवा श्रीपुर ३ सँग वडा कार्यालयको ७ कोठे भवन सम्झौता भएको शिलान्यास २०७७ साल असार १८ गते समपन्न हुँनेछ । शिलान्यास कार्यक्रम पछि नगरप्रमुख गच्छदारले भबनको गुणस्तरीयमा कसैसंग सम्झौता नहुने बताउनु भएको छ । उहाले नगर लाई सम्बृद्ध बनाउदै लैजाने क्रममा नगरपालिकाको प्रत्येक वडाको आफनै भबन बन्नु पर्दछ भन्ने मान्यता आफुले राखेको र सोही बमोजिम कार्य गर्दै आएको बताउनु भयो । उहाले भन्नु भयो नागरिकको सेबा लिन पाउने अधिकार लाई सहजता दिन नागरिककै चाहना बमोजिक नगरकार्यपालिका अघि बढेको बताउनु भयो । आठ नम्बर वडा कार्यालयको भबन सोनापुर चौक नजिक बन्ने छ ।

आठ नम्बर वडाका वडाअध्यक्ष तारिचन्द सरदारले भबनको शिलान्यास गरेर मात्रै नपुग्ने र यस्को समयमै सम्पन्न हुनु पर्दछ भन्ने वडा कार्यालयको योजना रहेको बताउनु भयो । वडाको आफनै भबन निर्माण भएपछि सेबाग्रही लाई सेबा लिन सजिलो हुने सरदारलेबताउनु भयो । जनता लाई पायक पर्ने स्थानमानै वडा कार्यालयको भबन निर्माण गर्न लागिएको वडा अध्यक्षले बताउनु भयो । भवन निर्माण सगै ठूलो संख्यामा रहेका वडाबासी हरुलाइ राहत मिल्ने स्थानिय बुद्धिजिबि,लगायतहरुको भनाइ रहेको छ । कार्यक्रम संचालन नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ सुनसरीका सचिव ओम थापाले गर्नु भएको थियो। वडा कार्यालय भबनको शिलान्यास कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल(साह), दुहबीका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेल,राजनितिक दलका प्रतिनिधि, समाजसेवी, संघ संस्था तथा सुरक्षा निकायका प्रतिनिधिहरु लगायत स्थानियवासीहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्