Logo
१० मंसिर २०८१, सोमबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ औँ SAG : अहिलेसम्म भारतले ११ सय स्वर्ण पदक जित्दा नेपालको १ सय मात्रै (फोटोफिचर)

१३ औँ दक्षिण एशियाली खेलकूद SAG को सोमबार पोखरामा उदघाटनको अवसरमा मन्तव्य व्यक्त गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा । तस्वीर : कृष्ण दवाडी÷रासस

दक्षिण एसियाली खेलकुद SAG को १३ संस्करण नेपालमा भइरहँदा हामि नेपालीले निकै रमाएका त छौं तर अहिलेसम्मको यर्थाथलाई भने नियाल्यौं भने SAG मा भारतकै कब्जा निकै धेरै रहेको देखिन्छ ।

नेपालले १३ औँ SAG को दोस्रो दिनसम्ममा कूल १ सय स्वर्ण पदक पार गरेको छ । १२ औँ सागसम्म ७९ स्वर्ण पदक जितेको नेपालले आज १३ औँ सागमा प्राप्त गरेको २१ औँ स्वर्णसँगै कूल एक सय स्वर्ण पुर्याएको हो । सागमा भारतले १२ संस्करणभित्रै ११ सय स्वर्ण नघाइसकेको छ ।

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङगलबार नेपाली सेनाको लगनखेलस्थित हलमा भएको उसु खेलमा महिलातर्फ ५२ केजी तौल समूह अन्तर्गत क्वार्टर फाइनल खेल खेल्दै नेपालका एलिना चौधरी र बङगलादेशका खेलाडी ।

सागको १३ औं संस्करणको कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि नेपालले अहिलेसम्मको स्वर्ण पदकको संख्या एक सय पुर्याएको छ ।

१२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो । यसपटक पदक संख्या बढाएसँगै एक सय स्वर्ण पार गरेको हो । सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।

नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वा्धिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा १५ स्वर्ण जितेको थियो । यसपटक तेस्रो दिन नै दशौं सागमा भन्दा बढी २१ स्वर्ण जितिसकेको छ । यो आठौं सागपछिको दोस्रो ठूलो सफलता हो । २०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

नेपालबाट सुरु भएको सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ । १२ औं सागसम्ममा उसले ११ सय स्वर्ण सहित कुल दुई हजार ८६ पदक जितेको छ । दोस्रो स्थानमा पाकिस्तान छ । उसको ३२९ स्वर्णसहित एक हजार १ सय ५१ पदक छ । २ सय २० स्वर्ण, ३६० रजत र ५ सय ६२ कास्य जितेको श्रीलंका सागको समग्रतालिकामा तेस्रो स्थानमा छ ।

स्वर्ण, रजत र कास्य गरी पाँच सय पदक जितेको नेपाल समग्र प्रदर्शन चौथो स्थानमा छ । ६८ स्वर्ण सहित कुल ६४७ पदक हात पारेको बंगलादेशले नेपाललाई पछ्याइरहेको छ । पहिलो सागदेखि नै निरन्तर सहभागी माल्दिभ्सले स्वर्ण पदको खाता खोल्न सकेको छैन । उसले अहिलेसम्म ४ र रजत ९ कास्य मात्रै जितेको छ ।

दुई स्वर्ण, १६ रजत र ५३ कास्य जितेको भुटान सातौं स्थानमा छ । २००४ मा पाकिस्तानमा आयोजित नवौं सागबाट सहभागीता जनाउन थालेको अफगानिस्तान समग्र अंक तालिकाको छैटौं स्थानमा छ । चार वटा साग खेलीसकेको अफगानिस्तानले २० स्वर्ण, २६ रजत र ५४ कास्य सहित कुल १०० पदक जितीसकेको छ ।

१३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबल प्रतियोगितामा मङगलबार भारत र माल्दिभ्सका टिम प्रतिष्पर्धा गर्दै ।
तेह्रौं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत पोखरामा मङगलबारदेखि सुरु महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेपछि नेपाली टोलीका खेलाडीहरू अफिसियललगायतसँग तस्वीर खिचाउँदै । मङगलबारको खेलमा नेपाली टोलीले ७नतसीलङकाको टोलीलाई १–० अन्तरले पराजित गरेको हो ।
१३ दक्षिण एशियाली खेलकुद (साग)मा मङगलबार पुरुष फुटबलमा नेपाल र भुटानबीचको खेल हेर्दै दर्शक ।
१३ दक्षिण एशियाली खेलकुद (साग)मा मङगलबार दशरथ रंगशालामा पुरुष फुटबलमा नेपाल र भुटानबीचको खेलमा बल अगाडि बढाउँदै नेपाली खेलाडी । नेपालले भुटानलाई ४ गोल गरी सागमा नेपालले विजयी सुरुवात गरेको छ ।

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङगलबार नेपाली सेनाको लगनखेलस्थित हलमा भएको नेपाल र बङगलबदेशबीच भएको उसु खेलमा महिलातर्फ केजी तौल समूह अन्तर्गत क्वार्टर फाइनल विन्दा पुनलाई विजयी घोषणा गर्दै ।
तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार दशरथ रंगशालामा भएको फूटलब प्रतियोगितामा नेपाल र भूटान बीच खेल खेल्दै खेलाडी ।

g]kfn / e”6fgaLr v]n
sf7df8f}F, !^ dªl;/ M t]x|f} blIf0f Pl;ofnL v]ns’b k|ltof]lutfcGtu{t dËnaf/ bz/y /Ëzfnfdf ePsf] km’6na k|ltof]lutfdf g]kfn / e”6fg aLr v]n v]Nb} v]nf8L . t:jL/ M /Tg >]i7÷/f;;
तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रङ्गशालामा भएको फुटलब प्रतियोगितामा नेपाल र भूटान बीच खेल खेल्दै खेलाडी ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्