Logo
१० मंसिर २०८१, सोमबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG खेलकुद : २३ स्वर्णका साथ नेपाल शिर्ष स्थानमा, पोखरामा झाँकी प्रदर्शन (फोटो/सूचीसहित)

SAG अन्तर्गत मङगलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको महिला भलिबलको फाइनल खेलमा हेर्न पुुग्नुु भएका उपराष्ट्रपति नन्दबहादुर पुन खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालगायतसँग नेपालको खेल हेर्दै रमाउँदै । तस्वीर : प्रदीपराज वन्त/रासस

१३ औं दक्षिण एशियलाी खेलकुद (SAG) मा नेपालले स्वर्ण पदक संख्या २३ पुर्याएको छ । मंगलबार भएको खेलमा छ स्वर्ण जित्दै नेपालले शिर्ष स्थानमा कायमै राखेको छ ।

SAG अन्तर्गत मङगलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र पाकिस्तान बीचको फाइनल खेलमा विजेता भारतीय पुरुष भलिबल टिमका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त/रासस

तेस्रो दिन नेपालले मार्सल आर्टमा स्वर्ण पदक थप्यो । उसुमा दुई, तेक्वान्दोमा दुई र कराँतेमा दुई स्वर्ण जित्यो ।

एथलेटिक्समा दुई स्वर्ण जित्न सफल भयो । योसँगै नेपलाको २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक पुगेको छ ।

उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जिते । कराँतेको पुरुष ६७ केजी तौल समूहको कुमितेमा नेपालका नविन रसाइलीले स्वर्ण जिते ।

कराँतेकै ६७ केजी महिला कुमितेतर्फ सुनिता महर्जनले स्वर्ण जितिन् । तेक्वान्दोको पुरुष ६८ केजी मुनीको तौल समूहमा वीरबहादुर महराले स्वर्ण जिते । ४६ केजी तौल समूहमा महिलातर्फ काजल श्रेष्ठले स्वर्ण जितिन् ।

एथलेटिक्सको महिला १० हजार मिटरमा सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण जितिन् । उनले १ मिलिसेकेन्डले भारतकी कविता यादवलाई पछि पार्दै पदक जितिन् । दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जिते ।

स्वर्ण जित्नेहरु : 
तेक्वान्दो

  • गोविन्द आले पुम्सेको ५८ केजी
  • कमल श्रेष्ठ पुरुष एकल
  • आयशा शाक्य २९ वर्षमाथिको पुम्से
  • आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
  • पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
  • सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
  • नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा
  • वीरबहादुर महरा पुरुष ६८ केजी मुनी
  • काजल श्रेष्ठ ४६ केजी महिला

कराँते :

  • मन्डेकाजी श्रेष्ठ पुरुष कँता
  • लक्ष्मण तामाङ ५४ केजी
  • निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
  • मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
  • विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
  • कुसुम खड्का ४५ केजी कुमुते
  • अनु अधिकारी ५० केजी कुमुते
  • नविन रसाइली ६७ केजी पुरुष कुमिते
  • सुनिता महर्जन ६७ केजी महिला कुमिते
  • उसु
  • विजय सिञ्जाली थाउलो
  • सुस्मिता तामाङ थाउलो

एथलेटिक्स : 

  • सन्तोषी श्रेष्ठ महिला १० हजार मिटर

ट्रायथलन : 

  • सोनिका गुरुङ महिला

दुवाथोलन : 

  • हिमाल टमाटा
SAG प्रतियोगिता अन्तर्गत मङगलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त/रासस

१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा पञ्चेवाजा प्रस्तुत गरिदै । तस्वीर : वासुदेव पौडेल/रासस
१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा हिमाली याकको झाँकी प्रदर्शन गरिदै । तस्वीर : वासुदेव पौडेल/रासस
१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा झाँकी प्रस्तुत गर्दै ब्राम्हण समूदाय । तस्वीर : वासुदेव पौडेल/रासस
१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा ७नतसीलंकाका तर्फबाट मार्चपासमा सहभागी बन्दै खेलाडी तथा अफिसियल । तस्वीर : वासुदेव पौडेल/रासस
१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा माल्दिभ्सका तर्फबाट मार्चपासमा सहभागी बन्दै खेलाडी तथा अफिसियल । तस्वीर : वासुदेव पौडेल/रासस
१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा भुटानका तर्फबाट मार्चपासमा सहभागी बन्दै खेलाडी तथा अफिसियल । तस्वीर : वासुदेव पौडेल/रासस
१३ औं SAG प्रतियोगिताको आयोजना स्थल पर्यटकीय नगरी पोखरामा आयोजित शुभारम्भ समारोहमा झाँकी प्रस्तुत गर्दै मुस्लिम समूदाय । तस्वीर : वासुदेव पौडेल/रासस
SAG अन्तर्गत मङगलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र पाकिस्तान बीचको फाइनल खेलमा विजेता भारतीय पुरुष भलिबल टिमका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्