SAG फुटबलमा नेपालको शानदार सुरुवात, भुटानविरुद्ध गोलवर्षा
काठमाडौँ : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानमाथि ४-० को जित हासिल गरेको हो ।
कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । नेपालको जितमा कप्तान श्रेष्ठले दुई गोल गरे । खेलको पाचौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए ।
६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो । जारी प्रतियोगितामा भुटानले यसअघि बङ्गलादेशलाई पराजित गरेको थियो ।