माघ १ देखि प्रभु बैंकको भिसा कार्ड नचल्ने
माघ १ गतेदेखि प्रभु बैंकको भिसा कार्ड प्रयोगमा नआउने भएको छ । त्यसको लागि प्रभु बैंकको भिसा कार्ड प्रयोगकर्ताले कार्ड परिवर्तन गरेर एससिटि यूपीआई कार्ड लिनु पर्नेछ ।
बैंकका अनुसार हाल भिसा कार्य प्रयोगकर्ताहरुले एससिटि कार्ड लिनको लागि बैंकमा गएर फर्म भर्नुपर्ने छ । भिसा कार्ड रद्द गरेर एससिटि यूपीआई कार्य लिनको लागि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।