जापानको नारितामा पायो नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा
नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट ९ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट० को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ ।
निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो ।
निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।