SAG मा नेपालले जित्यो ९ स्वर्ण (विजेताको नामावलीसहित)
तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत स्वर्ण पदक जितेकी छन् ।
यो सँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ ।
३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् ।
भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।
नेपालका स्वर्ण पदक विजेता
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला)
कराते (टिम काता, पुरुष)
कराते (५५ केजी) – लक्ष्मण तामाङ
तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ -२३ वर्ष )- सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ -२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
ट्रायथलोन – सोनी गुरुङ