एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बने मण्डेकाजी श्रेष्ठ
काठमाडौँ : मण्डेकाजी श्रेष्ठ दक्षिण एसियाली खेलमा एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएका छन् । उनले आइतबार सातदोबाटेस्थित कराँते हलमा व्यक्तिगत काता र टिम कातामा नेपाललाई २ स्वर्ण दिलाएका हुन् ।
उनले व्यक्तिगत कातामा पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् । यस्तै श्रेष्ठ नै रहेको नेपाली टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको छ । सोमबार काठमाडौंमा भएको फाइनल खेलमा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण जितेको हो ।
नेपालले २५.४ र श्रीलंकाले २५.२६ स्कोर गरेको थियो । नेपाली टीममा मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर थिए ।