Logo
११ मंसिर २०८१, मंगलबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

सुनसरी : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै  विजयी भएका छन् ।

काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् । आधिकारीक घोषणा हुन भने बाँकी छ ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वा्चित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्