बलात्कारको आरोप लागेपछि सिद्धबाबा पुगे आइसियु!
बलात्कारको आरोप लागेका सिद्धबाबा जगतगुरुलाई आइसियुमा भर्ना गरिएको छ ।उनको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा भर्ना गरिएको हो ।
यस्तै आइसियुमा भर्ना हुनुपूर्व उनले सार्वजनिक भएको अडियो टेप रेकर्ड आफ्नो नभएको दाबी गरेका छन्।आइतबार सञ्चारकर्मी समक्ष उनले आफूलाई फसाउने प्रयास भएको बताएका छ्न् ।
बलात्कार आरोप लागेपछि गत बिहीबार विराटनगरस्थित विराटनगर अस्पतालमा भर्ना भएका कृष्णदासजीलाई स्वास्थ्य अवस्थाका कारण आइसियुमा भर्ना गरिएको हो ।