Logo
२ मंसिर २०८१, आईतबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा सुनसरीको हरिपुरमा ७ जनाको ज्यान गयो (नामसहित)

प्रदेश एक स्थित सुनसरीको कोशी गाउँ पालिका हरिपुरमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए।

जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना हरिपुरमा भएको हो।

दुर्घटनामा मृत्यु हुने उदयपुर त्रीयुगा नगरपालिका -१० बस्ने राजेश दनुवार, दुर्गाधन राइ, टेकेन्द्र राइ, तुलाबहादुर राइ, मुकेश राइ, दिनेश राइ, सिबमाया राइ रहेका छन् ।

शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो।

ट्राफिक प्रहरी पोष्ट भण्टावारीका अनुसार शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ आउदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्स चालकसहित सातजनाको घटनास्थलमै ज्यान गएको हो ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्