Logo
२ मंसिर २०८१, आईतबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन : खानेपानीमन्त्री बिना मगरले गरिन् मतदान

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन् । जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् ।

मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान साढे ९ बजेको समयमा मतदान गरेको उनका प्रमुख स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए ।

दुई मतदान केन्द्र निर्धारण गरिएको उक्त मतदान स्थलमा क मतदान केन्द्रमा ६१६ र ख मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिए ।

वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वा्चित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्