अयोध्याबाट भगवान रामको जन्ती जनकपुरमा, नेपाल सेनाको व्याण्ड बाजा सहित स्वागत
सीताराम विवाहको लागि अयोध्यबाट भगवान रामको जन्ती जनकपुर आइपुगेका छन् । बालकलाई राम र लक्ष्मणको स्वरुप बनाई झाकी किर्तन गर्दै लावालस्कर सहित भारत उत्तर प्रदेशको अयोध्यबाटा बिहीबार जन्ती जनकपुर आइपुगेका हुन् ।
धार्मिक तथा सांस्कृतिक उत्सव मंसिर १५ गते हुने आदर्श नारी सीता र मर्यादा पुरुषोत्वम भगवान रामको विवाहको लागि जन्ती जनकपुर आएका हुन् । संयौको संख्यामा आएका जन्तीलाई महोत्तरीको विभिन्न स्थानसहित जनकपुरमा भव्य स्वागत गरिएको छ ।
दिउँसो झण्डै ३ बजे जनकपुर आइपुगेका जन्तीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, प्रहरी उपरीक्षक शेखर खनाल र सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवाीले स्वागत गरेका छन् ।
विवाहपञ्चमीमका प्रत्येक ५ वर्षमा एकपटक भारतको अयोध्याबाट साधुशन्तको जन्ती औपचारिक रुपमा सीता र रामको विवाहको लागि जनकपुर आउने गरिन्छ । त्यसै क्रममा यस वर्ष पनि जन्ती आएका छन् ।
मटिहानी नाका हुँदै नेपाल प्रवेश गरेका जन्तीलाई बुधबार राति महोत्तरीमा भव्य स्वागत गरिएको थियो । मठिहानी मटका मठाधिश जगरनाथ दास वैष्णव, प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरु तथा मटिहानीका स्थानियहरुले भव्यताका साथ स्वागत गरेका थिए ।
नेपाल सेनाले समेत व्याण्ड बाजाको विभिन्न धुन बजाई जन्तीलाई स्वागत गरेका थिए । मटिहानीबाट जनकपुर हिडेको जन्तीलाई जलेश्वर नगरपालिकाल लेश्वर नगरपालिकाले स्वागत गरेका छन् ।
जनकपुर आइपुगेका जन्तीलाई भोली शुक्रबार बाह्रविघा रंगभूमि मैदानमा राष्ट्रपति विद्यादेवी मण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।त्रेतायुगमा भगवान राम र माता सिता मंसिर सुक्ल पञ्चमीको दिन विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
मंसिर १० गतेबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव १६ गतेसम्म चल्ने छ । गत मंगलबार नगर दर्शन, बुधबार फुलबारी लिला गरिएको थियो भने आज बाह्रविघा मैदानमा धनुष यज्ञ गरिँदै छ ।
शुक्रबार तिल्कोत्सव, शनिवार मटकोर र आईतबार सीता रामको विवाहको कार्यक्रम रहेको छ । त्यसै गरी सोमबार जन्तीलाई विदाई अर्थात रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।
पाँच सय वर्ष पुरानो भारतको अयोध्या स्थित विवादित रामन्दिरको जग्गाको पक्षमा भरतको सर्वोच्च अदालतको फैसला आएपछि यस वर्ष विवाहपञ्चमीमा थप उत्साह देखिन्छ ।