स्वरोजगारका लागि दुहबीमा क्रिष्टलको गहना बनाउँने तालिम
प्रदेश १ स्थित सुनसरीको दुहबी १० मा क्रिष्टलको गहना बनाउँने तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै दुहबी नगर उप–प्रमुख सुनिता दाहाल(साह)ले सिप सिकेर महिलाहरु आत्म निर्भर हुँनुपर्नेमा जोड दिनुभयो ।
साथै वहाले दुहबीका महिलाहरुको क्षमता अभिवृद्धि गरेर उद्धमी बन्न बन्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो ।
समाविका सुनसरीको आयोजनामा तथा दुहबी नगरपालिकाको सहयोगमा सुरु भएको सो तालिममा दुहबी १० का ३० जना महिलाहरुलाइ १० दिने तालिम दिएर स्वरोजगार बनाइ समुहमा लघु उद्धमी बनाउने योजना रहेको दुहबी १० का वडाध्यक्ष लधुराम माझीले जानकारी दिनुभयो ।