Logo
११ माघ २०८१, शुक्रबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतलाई राष्ट्रियसभा सांसद बनाइदै, सरकारमा ल्याउने तयारी

पृथकतावादी राजनीति त्यागेर मुलधारको राजनीति गर्ने भन्दै उद्घोष गरेका सिके राउतलाई प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रिय सभामार्फत सांसद बनाएर सरकारमा ल्याउने भएका छन् ।

यसका लागि केहि महिनापछि रिक्त हुन लागेको राष्ट्रियसभा सदस्य सिटमा उनलाई मनोनयन गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ ।

‘तपाई जस्तो विद्यवान मानछे सरकारमा हुनुपर्छ’ भन्दै प्रधानमन्त्री ओलीले यसअघि नै ‘राष्ट्रिय सभाका लागि तयार बस्नुस्’  भनी राउतलाई भनेका थिए ।

राउतले पनि त्यसको लागि सहमती जनाएको श्रोतको दावी छ ।

‘मलाई यस्को योग्य ठानेकोमा हजुरलाई धनयवाद’ राउतले समय आएपछि म पनि तयार रहेको बताउँदै तर त्यो भन्दा पहिला बिभिन्न समयमा पक्राउ परेका सबै नेता कार्यकर्ताहरुको रिहाई र मुद्दा फिर्ता जरुरी रहेका बताएका थिए ।

‘यसकालागि मैले स्पेस्ली गृहमनत्री र सचिवलाई भनेको छु’ भन्दै ओलीले आश्वासन समेत दिएका थिए । यी संवादहरुलाई उदृत गर्दै समाचार श्रोतले भने-‘नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उक्त कुरामा त्यती खुशी थिएन ।

यता, पछिल्लो समय भने राउतलाई राष्ट्रियसभामा लैजान अन्तिम तयारी भइरहेको श्रोतको दावी छ । प्रधानमन्त्रीले राजपा समेतलाई सरकारमा सहभागी गराउने तयारीमा जुटेका हुन् ।

त्यसो त यसअघिप्रधानमन्त्रीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराएकाछन् । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिए ।

दुवै मन्त्री ओलीका कट्टर आलोचक र मधेशको मुद्दामा उग्र अभिव्यक्ति दिएर सक्रिय भएका थिए । त्रिपाठी र यादवलाई सरकारमा सहभागी गरेपछि ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल थालेका छन् ।

मधेशको मुद्दामा उग्र विचार राख्ने राजेन्द्र महतो संयोजक हुँदा ओलीका तर्फबाट त्यस्तो पहल भइसकेको बुझिएको छ । त्यस्तै ओलीले नै सी के राउतलाई बिखण्डनकारी विचार त्याग्न वाध्य पारे ।

अब उनलाई सरकारमा ल्याउने पहल भइसकेको छ । राउतले त्यसको संकेत गरिसकेका छन् ।

उनले विगतमा उठाएको विचार त्यागेर रङ्गभेदविरुद्धको विचार अघि सारेका छन् ।

मधेशमा उक्त विचारसहितको प्रदर्शन समेत गरे । यसलाई उनको सुरक्षित अवतरणपछि विचारमा आएको परिवर्तनका रुपमा लिइएको छ ।

यसै वर्षको अन्ततिर ओलीले मन्त्रीमण्डल पुनः पुर्नगठन हुने संकेत गरिसके । राष्ट्रिय सभामा केही सिटमा चुनाव हुँदा राउतको समेत सम्भावना छ ।

राउतलाई राष्ट्रिय सभामा स्थान दिएर ओलीले मन्त्री बनाउने गरी रणनीति बनिरहेको बुझिएको छ । त्यसैको माहोल बनाउन राउतले आफूलाई बिखण्डनकारी नभएको सन्देश दिन थालेका छन् ।

उनको यु टर्न अब सरकारमा सहभागी हुने मार्ग खोल्ने रणनीतिका रुपमा बुझिएको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्