प्रधानमन्त्री बिरामी भएपछि सागका खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका कारण ३औंँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्ने भएको छ ।
मंगलबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो ।
अस्पताल भर्ना भएका कारण उनको सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्ने भएको हो । कार्यक्रममा खेलाडीका लागि पुरस्कारमा पनि विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौँ आएका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिबल टोली पनि सोमबार साँझ नै काठमाण्डौ आइपुगेका छन्।