दुहबीमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रभातफेरी
आवाज नेपाल दुहबीको आयोेजना तथा दुहबी नगरपालिकाको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमवार प्रभातफेरी कार्यक्रमको आयोजना गरी शुुरुआत गरिएको छ । दुहबी नगरपालिकाको प्रवेशद्वारबाट शुुुरु गरिएकोे सो प्रभातफेरी कार्यक्रमको नेतृत्व नगर प्रमुख बेदनारायण गच्छदारले गर्नुुभएको थियो । प्रभातफेरी कार्यक्रममा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु,कर्मचारी, प्रहरी, तथा सङ्घसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बजार परिक्रमा गरी नगरपालिकामा आएर सभामा परिणत भएको थियो । सभामा बोल्नुहुँदै नगरप्रमुख गच्छदारले दुहबी नगरपालिकालाइ अपाङग मैत्रि बनाउँनकालागि घरदैलो कार्यक्रमहरु ल्याउँने तयारी गनुृकासाथै निजि क्षेत्रमा काम गर्ने महिलाहरुलाइ समान कामको समान ज्याला न दिएको गुनासो आएकोले त्यस्ता निजि कम्पनीहरुमाथी नगर र प्रदेशको सम्बन्धित निकायलाइ उजुरी हाल्न आव्हान गर्नुभयो ।यसैगरी लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको पहिलो दिन आज महेन्द्र मेमोरियल एकेडेमीका विद्यार्थीहरुले सन्देशमुलक प्लेकार्ड सहित दुहबी बजार परिक्रमा गरेका छन्। हरेक वर्ष मनाइँदै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज (सोमबार)देखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को आव्हानमा सुरु भएको अभियान नेपालमा २०५४ सालदेखि मनाउन थालिएको हो । महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । यो वर्षलाई अभियानको नारा समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता राखिएको छ । यही नाराका साथ अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।