भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीको तेस्रो अधिवेशन सम्पन्न
शिव भट्टराई,प्रदेश १ स्थित भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीले तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर आफना कुलवशंका चार जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ। जिल्लाका विभिन्न स्थानमा बसोवास गर्दै आएका ८० वर्ष माथिका आफना कुलवंशका चार सदस्यहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गरिएको हो ।
सम्मानित पद्यमकुमारी भट्टराई , महेश्वरादेवी भट्टराई, अविनारायण भट्टराई र मेदनीप्रसाद भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले सम्मान गरेका हुन । सोही अवसरमा सुनसरीका विभिन्न स्थानीय तहमा निर्वाचित भट्टराई कुलवंशका सदस्यहरुलाई समेत सम्मान गरियो।
प्रतिष्ठानका सुनसरी अध्यक्ष चुडामणी भट्टराईको अध्यक्षतामा भएको अधिवेशनले नयाँ कार्यसमितिमा अध्यक्षमा कृष्ण भट्टराई, पुरुष तर्फबाट उपाध्यक्षमा गणेश भट्टराई साथै महिला तर्फबाट उपाध्यक्षमा मैया देवी भट्टराई ,सचिवमा लिलाराज भट्टराई, कोषाध्यक्षमा शिव भट्टराई यसैगरी सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई ,शिशिर भट्टराई, सीता भट्टराई,माधव भट्टराई, अमृत भट्टराई,रमेश भट्टराई,धीरज भट्टराई,युवराज भट्टराई लगायत चयन गरेको छ।