Logo
१ मंसिर २०८१, शनिबार
(November 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारी यादवको हत्यामा छिमेकी श्रीमान-श्रीमतीको संलग्नता

प्रदेश १ स्थित सुनसरीको इनरुवा ३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता यादवको प्रत्यक्ष संलग्नता खुलेको हो ।

प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिक समेत गरेको छ । पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारक रहेको खुलेको हो ।

अनिता र कारीबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ । कल डिटियल र वस्तुस्थिति अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गरेको छ ।

प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनकाबिच अशोक र अनिताले हत्या गरेको समेत स्विकारेका छन् ।

पत्रकार सम्मेलनमा अनिताले कारीले बोलाएर आफुमाथि जबरजस्ती गर्न खोजेको बताएकी थिइन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिताबिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ ।

प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएका थिए । धक्काधक्की पश्चात कारीमाथि हरेलु हतियारले प्रहार गरिएको देखिन्छ ।

त्यसपश्चात डोरीले घाँटी बाँधेर हत्या पश्चात अशोकले कारीको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएकी हुन् ।

प्रकाशित मिति: Nov 22, 2019

प्रतिक्रिया दिनुहोस्