Logo
९ मंसिर २०८१, आईतबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीपरिषदमा हेरफेरको तयारी चलिरँदा उपप्रधानमन्त्री यादव भारतीय राजनीतिक भेटघाटमा ब्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अर्को घटक समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भारत स्थित नयाँ दिल्लीमा राजनीतिक भेटघाटमा ब्यस्त रहेका छन् ।

नेपालमा मन्त्रीपरिषदको हेरफेर तयारी चलिरँदा उनी भारत स्थित सत्तासिन दलसंग भेटघाटमा ब्यस्त रहेका हुन् । भारतीय जनता पार्टीका महासचिवप राम माधवसंग उनले भेटघाट गर्दै नेपालमा भारतीय लाईनलाई कम्जोर मनाउने कार्य भइरहेको र त्यसमा चीन लगायतका देशको इसारामा बिभिन्न गतिबिधि भइरहेकाले आफुहरुलाई सर्मथन गर्न र समाजवादी पार्टी भारतीय लाइनकै पार्टी भएको भन्दै सहयोगका आग्रह गरेका छन् ।

यता, नेपालमा प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले धरै सम्पर्क गर्ने प्रयास गरेपनि उनी भने सम्पर्क बिहिन रहका छन् । स्वास्थ्यमन्त्री समेत रहेका यादवको मन्त्रालय समेत यतिबेला बेहाल स्थितीमा रहेको छ ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पनि केहि दिनदेखि बिरामी रहेका छन् । उनी काठमाण्डौं स्थित वीर अस्पतालमा उपचाररर्थ छन् । मन्त्रीपरिषद फेरबदल हुने चर्चा चलिरहँदा उपप्रधानमन्त्री यादव केहिदिन अघि दिल्ली गएका थिए ।

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन भन्दै उनी भारत गएका हुन् ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्