प्रधानमन्त्रीद्वारा एक्सन रुमबाटै माथिल्लो त्रिशूली थ्री ए को उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर प्रधानमन्त्री ओलीले जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महँगो बनाउन नहुने बताए ।
प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिने काम गर्न नहुने स्पष्ट पारे ।
उनले ठूला आयोजनालाई प्रतिकुल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनाहरु विलम्ब हुने र महँगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भैरहेको समेत कताए ।