Logo
१ मंसिर २०८१, शनिबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको पार्टीले पहिलोपटक दियो चुनावमा उम्मेद्वारी

काठमाडौं : महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको छ ।

निर्वाचन अधिकृत कार्यालय पुगेर जनमत पार्टीकी नेतृ अञ्जलीदेवी मण्डलले बुधबार मनोनयन दर्ता गरेकी हुन् । जनमत पार्टी पहिलोपटक चुनावमा भाग लिन लागेको हो ।

संघ र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिएको जनमत पार्टीले स्थानीय तहमा रिक्त पदमा भने उम्मेदवारी दिने निर्णय केही दिन अघि बसेको केन्द्रीय समिति बैठकबाट गराएको थियो ।

गत वैशाखमा पिपराका अध्यक्ष विनोदकुमार चौधरीको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्