Logo
१ मंसिर २०८१, शनिबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियताका लागि एकजुट हुन भन्दै डा. केसीले गरे अनशन स्थगित

पछिल्लो ९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले अनशन स्थगित गरेका छन्। उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनशन स्थगित भएको घोषणा गरेका हुन्।

केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगित गरेको बताएका छन्।

उनले स्थानीय ४ वर्षीय स्यान्सु जैरुकाे हातबाट जुस पिएर अनशन तोडेका छन्। गत सोमबारदेखि ७ बुँदे माग सहित १७ औँ अनसन शुरु गरेका उनले नवौं दिनमा आएर अनशन तोडेका हुन्।

‘भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भु-भाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिक जस्तै म पनि स्तब्ध छु’, उनले भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौँ।’

भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी हडपेर नक्सा सार्वजनिक गरेपछि देशभर चौतर्फी विरोध भइरहेको छ। सोमबार केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर गए पनि केसीले काठमाडौँ आउन अस्वीकार गरेका थिए।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्