माले छोडेर नेकपा प्रवेश, वडाध्यक्षको पद चैट
फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका वडाध्यक्ष बहादुरसिंह नेम्बाङलाई नेपाल कम्युनिस्ट पार्टी (माले) ले कारबाही गरेको छ ।
नेम्बाङलाई कारबाही गरेको पत्र जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालय पाँचथरलाई पठाएर वडाध्यक्ष पदका लागि उपनिर्वाचन गराउन समेत मालेले माग गरेको छ ।
पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको ठहर गर्दै मालेका तत्कालिन राष्ट्रिय परिषद सदस्य रहेका नेम्बाङलाई कारबाही गरेको हो ।
सम्बन्धित पार्टीको केन्द्रीय समितिले निर्वा्िचत सदस्यलाई कारबाही गरेपछि निर्वा्िचत पद रित्त हुने कानुनी व्यवस्था छ । मालेले वडाध्यक्ष नेम्बाङलाई कारबाही गरेपछि फाल्गुनन्द २ इम्बुङको वडाध्यक्ष पद रिक्त हुने भएको छ ।
उपनिर्वाचको मुखमै वडाध्यक्ष नेम्बाङ कारबाहीमा परेका हुन् । मालेबाट वडाध्यक्षमा जितेका नेम्बाङ पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए । मालेको यही कात्तिक ८ गते बसेको स्थायी कमिटि बैठकले नेम्बाङलाई पार्टीको कुनै पदमा नरहने गरी कारबाही गरेको हो ।
‘पार्टीको तर्फबाट निर्वा्िचत पदाधिकारी सदस्यबाट निष्कासित भएपछि पदबाट हट्ने कानुनी व्यवस्था छ,’ पत्रमा भनिएको छ ‘वडाध्यक्षलाई पदबाट हटाएर सो पदको उपनिर्वाचन गराउन बान्छनीय रहेकाले ध्यानाकर्षणसहित अनुरोध छ ।’