निजी मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम, अटेर गरे ठगी मुद्दा चलाउने निर्णय
काठमाडौं: सरकारले निजी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गर्दैे आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्ण भएको बताए । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताए।
यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन्।