Logo
५ माघ २०८१, शनिबार
(November 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतसँग स्पष्टीकरण सोध्न प्रधानमन्त्रीलाई सबै दलहरूको सुझाव

भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलहरुले सुुझाव दिएका छन्। प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा दलहरुले उक्त सुझाव दिएका हुन् ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर  नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आक्रोश बढेका बेला दलहरुले यस्तो सुझाव दिएका हुन्।

बैठकमा प्रायः सबै दलका नेताहरूले यो कुरामा सहमति जनाएको एक नेताले बताए । ‘भारतले नेपालको ठूलो भूमिसहितको नक्सा जारी गरेपछिको अवस्थामा बसेको सर्वदलीय बैठकमा सबै दलका नेताहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न सुझाव दिनुभएको छ’, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘नेपाली भूमि राखेर जारी गरिएको नक्साको बारेमा सरकारले भारतीय राजदूत बोलाएर स्पष्टीकरण लिनुपर्ने विषयमा सबै दलहरू एकै ठाउँ र एकमत हुनुहुन्छ।’

लोहनीले यो विषयमा सबै नेपाली जनता एकै ठाउँ रहेको उल्लेख गर्दै सरकारलाई मौका पनि रहेको बताए । ‘जनता पनि भारतबाट सिमाना मिचिएको मुद्दामा एकमत छन्। त्यसले सरकारलाई झनै बल पुग्छ’, उनले थपे, ‘भारतसँग सरकार प्रस्तुत हुन सजिलो हुन्छ। त्यो भएन भने भारतसँग दुई पक्षीय सचिवस्तरीय प्रतिवेदन पनि सार्वजनिक गर्न भन्नुपर्छ।

लोहनीले प्रधानमन्त्रीलाई दिएको सुझावबारे जानकारी दिँदै यदि सबै उपाय गर्दा भारतले नटेरे अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने बताए । ‘सबै उपाय लगाउँदा पनि भएन भने संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय मञ्चमा कुरा राख्नुपर्छ’, उनले थपे।

प्रकाशित मिति: Nov 9, 2019

प्रतिक्रिया दिनुहोस्