Logo
१० माघ २०८१, बिहीबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा उत्पादित विद्युतको व्यापार भारतदेखि बंगलादेशसम्म

दाङ : ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने दाबी गरेका छन् ।

प्रेस संगठन नेपाल दाङले शुक्रबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय बजारमा नेपालमा उत्पादित विद्युतको व्यापार गरिने बताएका हुन् ।

नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उनले बताए ।

विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको र तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको बताए ।

बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्ति नै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने बताए ।

अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने दाबी उनको छ । दाङसहितका जिल्लाहरुलाई पूर्ण विद्युतीकरणका जिल्ला बनाउने गरी अहिले काम भइरहेको दाबी उनको छ ।

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्