Logo
११ मंसिर २०८१, मंगलबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला अधिकार मञ्चको प्रदेश समिती बिस्तार

२०६५ सालमा देशका सम्पुर्ण ग्रामीण भेगका महिलालाई प्रतिनिधित्व गराउने र जीवन स्तर उकास्ने उदेश्यले गठन भएको महिला अधिकार मञ्चले देशका ४० जिल्ला र स्थानिय तहमा समिती  गठन गरिसकेको छ।

देश मा प्रदेशिक सम्रचना बने सगै ७ ओटै प्रदेशमा प्रदेश समिती गठन गर्नु पर्ने भएकाले मञ्चले प्रदेश समिती बिस्तार गर्न थालेको छ।

प्रदेस कमिटी बिर्स्तार गर्ने क्रममा ३ ओटा प्रदेशमा समिती गठन भैसकेको छ र अन्य प्रदेश तथा जिल्लामा पनि समिती गठन गर्ने क्रम जारी छ।

आज सुनसरीको इटहरी स्थित गगा जमुना होटलमा मञ्च ले १ न प्रदेश को प्रथम प्रदेश सम्मेलन कार्यक्रम सप्पन्न गरेको छ।

कार्यक्रममा महिला अधिकार मञ्च कि केन्द्रिय अध्यक्ष रेनुका मल्ल ठकुरी को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि मा प्रदेश न १ कि उप सभामुख सरस्वती पोखरेल को उपस्थिति रहेको थियो भने अतिथीहरुमा प्रदेश साम्सद सुनिता चौधरी, सुन्दरहरैचा नगरपालिका कि उपमेयर घनमाया तामाङ, रामधुनी नगरपालिकाकी उपमेयर सबिना चौधरी,सुन्दरहरैचा नगरपालिका ४ का युवा वडा अध्यक्ष सैलेन्द्र श्रेष्ठ, ५ का अध्यक्ष राम रिजाल सु ह ३ का वाड अध्यक्ष जीवन ढुंगाना लगायत बुद्धिजीवी महिला अधिकार कर्मी हरु को बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रम को सन्चालन मञ्च कि मोरङ जिल्ला अध्यक्ष कल्पना घिमिरे ले गर्नु भएको थियो । त्यसैगरी आज गिता सुवेदी को अध्यक्षता ७ सदस्यीय प्रदेश समिती गठन गरेको छ। समिती को अध्यक्ष मा रिता सुवेदी (मोरङ ), उपाध्यक्षमा सरिता राई (खोटाङ ), सचिब मा राधिका कार्की (सुनसरी ) ,कोशाध्यक्ष मा बिना बस्नेत ( सखुवासभा ) र सदस्य हरु मा बिना नेम्वाङ ( झापा ) इन्द्रमाया भण्डारी मनिसा चौधरी (उदयपुर ) चयन हुनु भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश उप सभामुख सरस्वती पोखरेलले सम्पुर्ण महिला हरु एक जुट भएर देस बिकास मा लाग्न प्रेरित गर्नुभयो। महिलाहरु देश का विभिन्न उच्च पद पुगिसकेकाले अब सबै महिलाहरु आत्मा निर्भर भएर समाजिक क्षेत्र मा ,लागे मात्रै सुखी नेपाली र सबृद नेपाल साकार हुने र संविधान कार्यनयन मा महिला हरु को पनि अहम भुमिका रहने उहाँ ले बताउनु भयो।

यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष रेनुका मल्ल ले यो ग्रामीण महिला हरु लाई सहभागिता गराउने मञ्च भएकाले महिला हिंसा को अन्त्य गर्दै महिला हरु लाई संयुक्त रुपमा आत्मा निर्भर बनाउन आफू लागि परेको बताउनु भयो। संयुक्त सम्पतीमा दम्पती को हक अन्तरगत संयुक्त लाल पुर्जा हुनु पर्ने पनि उहाँले बताउनु भयो ।

यस्तै सुन्दरहरैचा कि उपप्रमुख धना तामाङ ले महिला हक हित सुनिस्चित गर्न आफू हर कदम लागि परेको बताउनु भयो ।
महिला अधिकार मञ्च ले “ग्रामीण महिला हरु को आवाज, भेदभाब मुक्त समाज ” भन्ने मुल नारा का साथ सबै जातजाती लाई समेटेर बिना राजनितिक हिंसा को आवाज उठाइ देशै भरी अभियान सन्चालन गरिरहेको छ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्