Logo
१९ पुस २०८१, शुक्रबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश स्तरीय महिला अधिकार मञ्चको प्रथम प्रदेश सम्मेलन

ग्रामिण महिलाहरुको आवाज, भेदभाव मुक्त समाज भन्ने मूल नाराका साथ प्रदेश १ स्थित सुनसरीको इटहरीमा प्रदेश स्तरीय महिला अधिकार मञ्चको प्रथम प्रदेश सम्मेलन सम्पन्न गरिएको छ ।

राष्ट्रिय महिला संघ केन्द्रिय अध्यक्ष रेणुका मल्लको सभापतित्वमा भएको प्रदेश सम्मेलनको प्रमुख आतित्यथा १ नं प्रदेश उपसभामुख सरस्वती पोख्रेलको रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै केन्द्रिय अध्यक्ष रेणुका मल्लले महिलाले आफ्नो अधिकार प्राप्तको लागि धेरै संघर्ष गर्नु परेको उल्लेख गर्दै आजको दिन सम्म आई पुग्दा महिलाहरुकै सक्रियतामा ३ वटा प्रदेश र ४० वटा जिल्लामा महिला अधिकार मञ्च गठन गरिएको पनि उनले बताईन ।

केही बर्ष अगाडि सम्म पनि महिलाहरुआफु माथि हुने गरेको हिंसाका कुराहरुलाई लुकाएर राख्न बाध्य हुन्थिए भने आज आएर महिलाहरुले खुलेर हिंसाको बिरोध गर्न सक्ने भएको सुनाउदै मञ्चलले पनि हिंसा पिडत महिलाहरुको आवाज बन्न ४० जिल्लामा ५० हजार महिला अधिकारकर्मी खटाईएको जनाइएको छ ।

सोही अवसरमा १ नं प्रदेश स्तरिय महिला मञ्च गठन पनि गरिएको जनाईएको छ ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्