Logo
५ माघ २०८१, शनिबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौतर्फी विरोधपछि भारतको जवाफ : ‘नेपाली भूभाग मिचेका छैनौं’ (हेर्नुस् भिडियो)

भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो।

जवाफमा प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’

तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले बताए । उनले सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत गराए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ ।

यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

हेर्नुस् भिडियो : 

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्