Logo
१० माघ २०८१, बिहीबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनराइज बैंकले ३ अर्बको ऋण पत्र जारी गर्ने

सनराइज बैंकल ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबार देखि सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो।

वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा सो ऋण पत्र जारी हुँदैछ। निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए।

बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६-६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ। बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्